....र यसरी जन्मिन्छन् 'टुल्के'हरु

  • Get News Alerts

'फन्टुस'हरुको कथामा फिल्म बनाउन मन लाग्छः निर्देशक बस्नेत
'लुट' फिल्मको सफलतापछि निर्देशक निश्चल बस्नेत फेरि त्यस्तै कुनै कथा खोज्दै थिए। तर त्यो भन्दा अघि नै फुरेको 'दिमाग खराब' बनाउने योजना पनि बुनेका थिए।   
 
घरी गाउँघरतिर लाग्थे। घरी सहरीया अल्लारेहरुको हूलमा खुसुक्क छिर्थे। आजभोलिका 'अल्लारे'हरुलाई बुझ्नका लागि। उनीहरुका कुरा सुन्थे, भाषा टिप्थे। उनलाई यस्तै 'फन्टुस'हरुको कथामा फिल्म बनाउन मन लाग्छ। 
 
र त्यही बेलामा 'कबड्डी'को लागि प्रस्ताव आयो। उनी पनि त्यसमा 'हिरो' खेले। निर्देशकपछि हिरो पनि भएका उनी त्यसमा पनि चम्किए। केही समय बित्यो।
 
फेरि खाली भए। दिमागमा केही आएन। उनलाई लाग्यो। अब, 'दिमाग खराब' बनाउँछु। उनले यो फिल्मलाई आफ्नो जीवनको पहिलो फिल्म बनाउन चाहन्थे। तर त्यै बीचमा 'लुट'को आइडिया आयो अनि 'दिमाग खराब' भएन। अब त गर्छु भनेका थिए, त्यसैबेला फेरि आइपुग्यो 'टलकजंग भर्सेज टुल्के।' 'दिमाग खराब' अझै गर्भमै छ। 'त्यो जन्मिने दिन पनि आउला' उनी हाँसेमात्रै।
 
एक दिन कतै चिया पिउने बेलामा लेखक खगेन्द्र लामिछानेले कथाको परिवेश भनेका थिए। अनि निश्चललाई भनेका थिए 'लौ यो फिल्म पनि तिम्ले निर्देशन गर्नुपर्‍यो।' उनले स्त्रि्कप्ट मागे। पढे। सुरुमा त लाग्यो 'यस्तो नि के फिल्म होला?' जब स्त्रि्कप्ट पढ्दै गए, दिमागमा एउटा 'टुल्के'को स्केच नाच्दै थियो। 
 
खगेन्द्र आफै कस्सिए 'टुल्के' मै बन्छु नि ! निश्चलले मानेनन्। भने 'स्त्रि्कप्ट निर्देशकको हातमा पर्‍यो, अब फिल्म तपाईको हैन, मेरो भो।' निश्चलले धेरै जाँचे। उनको दिमागमा जुन स्केच आएको थियो ठ्याक्कै त्यस्तै 'सट' दिए खगेन्द्रले। र अब 'टुल्के' अघि बढ्ने भयो। 'टलकजंग भर्सेज टुल्के'मा निश्चल आफू पनि झुल्किएका छन्। 'झुलुक्कमात्रै हो, धेरै देखिन मन लागेन' बरु उनले यो फिल्मा आफैले गित लेखेका छन् र गाएका पनि छन्। 'कुनै बेला गाउने मन पनि थियो' उनले भने 'त्यसै इच्छा पूरा गर्ने अवसर पाइयो।' फिल्ममा दयाहाङ राइ, रीचा शर्मा, खगेन्द्र लामिछानेलगायतका कलाकारहरुको मुख्य मुख्य भूमिका छ। 
 
डेढ वर्षपछि बल्ल 'टुल्के' 'टलजंग' भयो। अर्थात्, अब फिल्म तयार भयो। जो यही कात्तिक १४ गतेदेखि देशभर एकैसाथ रिलिज हुँदैछ।
 
टुल्के नेपाली समाजको आम चरित्र हो। नाम हेर्दा लाग्छ, 'टलकजंग' र 'टुल्के' फरक फरक पात्र हुन्। तर निर्देशक निश्चल भन्छन् 'त्यो एउटै पात्र हो, टुल्केले टलकजंग बन्नका लागि गरेको संघर्ष कथा नै टलकजंग भर्सेज टुल्के हो।'
 
उनलाई यस्तै फिल्म गर्न मन लाग्छ। समाजमा के हुन्छ? गाउँमा के हुन्छ? आजभोलिका युवा के गर्छन्? अनि के बोल्छन्? कस्तो बोल्छन्? कस्तो सोंच्छन्? ती सबलाई बस्नेत फिल्ममा उतार्न चाहन्छन्। 
 
'टुल्के' पनि समाजको यही चरित्र हो। एउटा 'फन्टुस' युवाको कथा हो। हाम्रो मध्यम वर्गीय समाजमा एउटा मध्यम वर्गीय युवालाई आइपर्ने चुनौति, उसले आफ्नो सामान्य लक्ष्यमा पुग्न गर्नुपर्ने संघर्ष, त्यसमा आउने उतार चढाव यी सबको प्रतिनिधि हो 'टुल्के।' आफ्नो गुमेको परिचय जो 'टलकजंग' हुन्छ, त्यसैलाई पाउनका लागि ऊ जे पनि गर्न तयार हुन्छ। त्यसैको सेरोफेरोमा घुमिरहने चरित्र हो, टुल्के।
 
निर्देशक बस्नेत भन्छन् 'दशकअघि हाम्रो समाज कस्तो थियो? एउटा आम मान्छेको जीवनमा राजनीतिक अवस्थाले कस्तो प्रभाव पारेको थियो ती सबको परिवेश घुमेको छ, टलकजंग र टुल्केमा।' अर्थात् उनले एकछिन रोकिएर भने 'हामीले बिताएको विगतको कथा हो यो।'
 
यो सामान्य परिवेशमा बनाइएको कथा हो। विशुद्ध गाउँले जीवनशैलीलाई क्यामेरामा कैद गरेर बनाइएको फिल्म हो। त्यसैले बस्नेत भन्छन् 'हो, त्यही भएर म सोचिरहन्छु, यो फिल्म हो कि मेरो आफ्नो वितेको पल? कुनै एउटा इस्यूमा सूट गरिएको डकुमेन्ट्री हो कि एउटा कल्पना गरेर मञ्चन गर्न आाटेको नाटकै पो हो कि?' उनले भने 'सबै दर्शकहरुलाई यस्तै लाग्छ, यो हामीले बिताएकै जीवन कथा हो, हामीले बोल्ने भाषा हो, हामीले बिताएको जीवन हो।' र निर्देशक बस्नेतको विश्वास छ, 'प्रत्येक दर्शकले आफूमा टलकजंग पाउनेछ, अनि टुल्केलाई भेटाउने छ।' र उनले यो फिल्ममा आफ्नै भाषाको एक शब्दमा भने 'सोसल ड्रामा'। उनलाई लाग्छ हाम्रो समाजको हरेक घरघरमा टलकजंगहरु छन् अनि टुल्केहरु पनि। 
 
करिब दुई वर्षअघि नेपाली फिल्मी दुनियाँमा आएको थियो 'लुट'। फिल्म हिट भयो। फिल्ममा हिरो अर्कै थियो तर सिनेमापछि निश्चल बस्नेत 'हिरो' भए। र कुरा काट्नेहरु भन्न थाले 'आलाकाचा निर्देशक भएर फिल्मको बद्नाम भयो, छाडा भयो।' हो, फिल्ममा त्यस्तै 'छाडा' शब्द थिए, जो आजभोलिका युवाले बोल्छन्। यी सबलाई निश्चलले वाल दिएनन्। भन्छन् 'हो, म यस्तै फिल्म बनाउन चाहन्थे, म आफू पनि दर्शक नै थिएँ।' उनलाई लाग्थ्यो कसैले आफूले सोंचेजस्तै फिल्म बनाइदिए हुन्थ्यो। उनी यसैको 'फ्रस्टेशन'मा थिए। र उनले बनाए आफूजस्तै दर्शकका लागि 'लुट।' यही फिल्मले उनलाई हिट पनि बनायो रातारात सेलिब्रेटी बने।'मजस्ता दर्शकका लागि म आफैले फिल्म बनाउँछु भनेरै म आफैं फिल्म बनाउन आएको हुँ, मैले नराम्रो कल्चर दिएँ भने त्यो कल्चर नसमाते भयो नि।'
 
कात्तिक १४ गते नजिकिदैँ छ। फिल्म प्रमोशनका लागि उनलाई जत्ति चटारो छ, प्रदर्शनका लागि पनि उत्तिकै छ। उनी आत्तिएका छन्। तर ३३ वर्षे यी निर्देशक डराएका भने छैनन्। र पनि भन्छन् 'सबैले तपाईको फिल्म रिलिज हुँदैछ, तपाईलाई डर लागेको छैन? र सबैले उही सोध्दै गर्दा अब भने सााच्चिकै डर लाग्न थालेको छ।'
 
उनी आफूले निर्देशन गरेको चलिचित्र आफैले हेर्दा त्यो फिल्मजस्तो पनि लाग्दैन, नाटक जस्तो पनि लाग्दैन। 'ह्या कस्तो फन्टुस भएछ, यस्तो नि कसरी चल्छ होला र?' उनलाई यस्तै लाग्छ। तर उनी चाहन्छन्, फिल्मको बारेमा आफूले होइन, हरेर अरुले केही भनिदेओस्।'तर काँ हुनु कस्ले राम्रो भन्ला? सबैले गालि गर्छन्, र पनि कसैको चित्त बुझेको रहेनछ भनेर म सहिदिन्छु।' फिल्म चल्छ या चल्दैन त्यो पछिको कुरा हो। 'हो, नामै फरक छ, फिल्मको कहानी फरक छ, फिल्मका चरित्र फरक छन्' निश्चल भन्छन् 'फिल्म हेर्ने दर्शकलाई फिल्म हेरेजस्तो होइन, आफ्नै ˆल्यास ब्याक हरेको जस्तो हुनेछ।'
 
हो, यस्तै 'फन्टुस'हरुको कहानी दिमागमा खेलाउँदा खेलाउँदै डेढ वर्ष बित्यो र अब एउटा फिल्म तयार भएको छ। फिल्म बनाउने हो, बनाउनेले कस्तो सन्देश दिन्छ, वा फिल्मले के सिकाउँछ भन्नुभन्दा पनि त्यसबाट दर्शकले कस्तो सिक्छ वा कस्तो सन्देश लिनसक्छ? भन्ने मान्यता राख्छन् उनी। हरेक निर्देशकको सफलता पनि सायद यही नै, उनकै भाषामा 'एउटा स्त्रि्कप्टको कथालाई सजिलो भाषामा बुझाउन सक्नु नै निर्देशकको सफलता हो।' आफ्नो निर्देशनमा उनले लगाएको शुत्र पनि यही हो।  
 
र अब कात्तिक १४ गतेदेखि बल्ल थाहा हुने छ, 'टलकजंग भर्सेज टुल्के' कत्तिको टल्किने हो।   
 
हेर्नुहोस् फिल्मको ट्रेलर यस्तो छ
 

प्रतिकृया दिनुहोस

अन्तर्वार्ता

  • एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म एनसेल एपक्याम्पदेखि फिनल्याण्डसम्म

    काठमाडौँ, मंसिर २० - उनी भन्छन्, ‘समग्रमा भन्नुपर्दा हामीले हाम्रो आइडीया जन्मायौँ, त्यसलाई हुर्काउने र समाजमा चिनाउने काम एनसेल एपक्याम्पले गरेको हो। एनसेलले हामीलाई आइडीया बजारमा चिनाउने काम गरेको छ। हामी विजेता बनेपछि पनि हामीले पाएको मिडिया कभरेजले हामीलाई निकै मद्दत गर्यो। हाम्रो आइडीयामा लगानीगर्ने लगानीकर्ताहरु देखेर हामीमा थप आत्मविश्वास आयो र यसलाई व्यवसायीक रुपमा विकास गर्नसक्ने प्रेरणा मिल्यो।’

  • हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता हाम्रो अर्को बजार भनेको 'इन्डिया' हो: चन्दन गुप्ता

    यसलाई नेपाली बजारमा बलियो पारेर हामी भारतमा पनि यसलाई प्रवेश गराउन चहान्छौ। तपाईले एक वर्ष भित्र भारतीय बजारमा पनि पाउनु हुने छ। अहिले भारतीय बजारमा हाम्रो प्रतिष्पर्दीका रूपमा 'सिम्लीफाइ ३६०' मात्र देखिएको छ। हामीले 'ओपिनियो'लाई भारतीय बजारमा एउटा सशक्त सेवाको रूपमा स्थापित गर्न टार्गेट राखेका छौ।

  • मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन मोबाइल प्रविधिले संचारलाई 'सुपरचार्ज' गर्ने काम गर्यो : टम्मी अहोनन

    सेतोपाटी, काठमाडौं, मंसिर २६ - हाम्रो हातमा अहिले हामीले बोकेको स्मार्ट फोन जस्तै डिभाइस हुनेछ तर निक्कै एडभान्स। यो अहिलेको भन्दा पातलो छिटो छरितो सुपर डुपर टेक्नोलोजीवाला हुनसक्छ। हामीसँग यसका समानान्तर डिजिटल टेक्नोलोजीहरू हुनेछन। अबको दश वर्षमा हामी प्रत्येकसँग दुई तीनवटा डिजिटल ग्याजेट हुनेछन । सिलिकन उत्पादनको खर्च र क्षमता यति बढी हुनेछ की यो जताततै हुनेछन।

  • नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स नेपाली एप्सहरूलाई एकै ठाँउबाट बेच्न तथा खरिद गर्न मिल्ने एप्स

    'एप्सझोला'

    एनसेलको सेमिनारहरूमा सहभागी किनोट स्पिकरहरू तथा एप्स डेभेलेपरहरू नेपालमा अन्तराष्ट्रिय पेमेन्ट गेटवे प्रणाली नहुँदा ससस्या भोगिरहेको भन्ने कुरामा एकमत देखिन्थे। उनीहरुले नेपालबाट एप्सहरूलाई गुगलको प...