‘नेप फ्लाइट’ले हवाइटिकट सहजैढँगले उपलब्ध गराउँछःप्रकाश
‘नेप फ्लाइट’ले के काम गर्छ?
ठमेलको एक क्याफेमा भेटिएका प्रकाश न्यौपाने विदेशमा हुँदा थाहा पाए संसारका धेरै मान्छेलाई नेपाल भन्ने देश छ भन्ने थाहा नै रहेनछ। उनीहरूसँग जब उनले ‘माउन्ट ऐभरेष्ट’को नाम लिन्थे तब उनीहरुले ‘एस एस’ भनेर सगरमाथाको बारेमा जानकार रहेको बताँउथे। अमृत साइन्स क्याम्पसको वि एस्सी आइटीको पहिलो ब्याचका उनी आफै पनि घुमिरहने भएकाले मनमा पर्यटनसम्बन्धी केही एप्स बनाउने भन्ने बारेमा सोचेका उनी सुरूमा अर्कै किसिमको एप्स बनाउन चाहन्थे तर कुरा बुझ्दै जाँदा नेपालको टिकेटिङ सिस्टम अझै पनि पूरानै शैलीमा चलिरहेको रहेछ जून झन्झटिलो रैछ, सबै सिस्टम म्यानुएल र समय लाग्ने किसिमको। तब उनले किन यसैलाई सजिलो पार्ने एप्स नबनाउने त? त्यसपछि उनी कस्सिए। उनीलाई यस काममा श्याम कडेँल, मनिष अमगाई, स्वागत भेटवाल र नविन कुँवरले साथ दिइरहेका छन। उनको यो सोचको वेब एप्लिकेसन बनिरहँदा उनले एनसेलको मोबाइल एप्सको बारेमा सुने अनि उनले तय गरे आज वा भोली त मोबाइल एप्स चाहिन्छ, त्यसैले उनले यसलाई एउटा प्लेटफर्मको रूपमा प्रयोग गर्ने सोचमा पुगे। आज उनको ‘आइडिया’ले पर्यटन विधाको टप ६ मा आफ्नो स्थान सुरछित गरिसकेको छ। भेटघाटमा उनले आफ्ने ‘नेप फ्लाइट’ नामको मोबाइल एप्सको बारेमा यस्तो कुरा गरे:
‘नेप फ्लाइट’ले नेपालमा रहेका विभिन्न आन्तरिक एयरलाइन्सको टिकटहरू एक्कै ठाँऊबाट उपलब्ध गराउने काम गर्छ त्यो पनि ‘वेस्ट प्राइस’मा किन भने अनलाईन सिस्टम भएकाले फिजिकल कस्टभन्दा एकदम सस्तो पर्छ।
अनि यसका विशेषताहरू?
यसले रियल टाइममा काम गर्छ भने यसको अर्को विशेषता भनेको यसमा अनलाइन र अफलाइन दुबै किसिमको भुक्तानी हो। हाम्रा सेवाग्राहीहरूले इसेवा, आइपे, मोको तथा विभिन्न बैकंका मोबपल ब्याङकोङ प्रणालीबाट अनलाइन भुक्तानी लिने गर्छ भने अफलाइन भुक्तानीमा सेवाग्राहीले ‘क्यास अन डेलीभरी’ अथवा टिकट बुक गरेको एक घण्टा भित्र हाम्रो बैंकको खातामा पैसा जम्मा गरेर पनि टिकट खरिद गर्छन। हाम्रो यो एप्सबाट खरिद गरिने टिकट सिधै एयरलाइन्सको सिस्टमबाट खरिद हुन्छ।
बजारमा उपलब्ध एप्स भन्दा यो कसरी फरक छ?
यस किसिमको आन्तरिक हवाइ टिकट बुक गर्ने यो किसिमको अन्य कुनै पनि एप्स बजारमा उपलब्ध छैन। तर हामीले यसलाई ‘रियल टाइम’मा अपरेट गर्ने एप्स भनेर मान्छेहरूलाई भन्ने गरेका छौ किनकी आजसम्म अरू कसैले पनि यो गरेका छैनन्। हाम्रो यो एप्सको मद्दतले जसले पनि सहजै टिकट काट्न पाउने त जसले पनि सहजै टिकटको बिजनेस गर्न पाउने बनाउँछ त्यो पनि ‘लो अपरेटिङ कस्ट’मा
यसका मुख्य सम्भावित प्रयोगकर्ताहरू को को हुन त?
हामीले यसका सम्भावित प्रयोगकर्ताहरूलाई दुई भागमा विभाजन गरेका छौ। एउटा बिटुबी अनि अर्को बिटुसी। बिटुबीमा ट्राभल कम्पनीहरू हुन मुख्य गरी भने होटलहरूलाई हामीले सम्भावित बजार मानेका छौ। अनि अर्को भनेको साइवर कम्यूनिकेसनहरू जसले गर्दा गाँऊगाँऊमा मोबाइल इन्टरनेट भएको ठाँऊमा पनि टिकट काट्न मिल्ने भएकाले साइवर कम्यूनिकेसनहरूलाई पनि सम्भावित ‘बिटुबी’को प्रयोगकर्ताको सुचिमा राखेका छौ।ठमेलमा हाम्रो जानकारीमा भएसम्म करिब २५ सय ट्राभल कम्पनीहरू छन जस मध्ये ५०० वटा जत्तिमात्र सिस्टम्याटिक तरिकामा छन। त्यसतै ‘बिटुसी’मा ती मान्छेहरू पर्दछन जसलाई ट्राभलमा गइरहने फुर्सद छैन, जस्तै बिजनेस म्यानहरू पर्दन्।
यही व्यवसायसँग सम्बद्द कम्पनीसँहग मिलेर नै एप्स बनाउँदै गर्नुभाको छ, किन?
मान्छेमा यस्ता सोचहरु हुन्छन तर कतिपय अवस्थामा यस्ता सोचहरू कार्यन्वयनको तहमा अत्यन्तै झन्झटिलो हुने गर्छन। यस अवस्थामा यसैसँग सम्बन्ध राख्नेहरूसँग काम गर्दा आइपर्ने सम्भावित अप्ठयाराहरूसँग जुध्न पनि सजिलो हुन्छ। त्यो कासरी भने मेले कुने पनि ट्राभल कम्पनीलाई पूर्णरूपमा ममा भर पर्नुस भन्यो भने उँहाहरूलाई विश्वास नहुन सक्छ फेरि चलिआएको शैलीबाट अचानक बिल्कुलै फरक शैलीमा गैइहाल्न पनि सजिलो छैन। यस्तोमा हामी ‘ट्रान्जिसन’को ‘फेज’बाट जानुपर्छ त्यसका लागि यसले सहज पार्छ। हाम्रो यो सोचका कारण कति नेपाली हवाइकम्पनीहरूले टिकट बेच्न सिस्टम बनाएका छन भने कति बनाउने क्रममा छन। यो सम्बद्द कम्पनीसँगको सहकार्यमा नभएको भए यति सहज हुदैन थियो होला।
एनसेल मोबाइल क्याम्पले के सिकायो त?
बिजनेस मोडल किनकी यस अघि एप्स बनाउने भन्ने मात्र थियो तर कस्तो र कस्का लागि भन्ने जस्ता कुरा गौण हुन्छ। एनसेलले यी चिजहरू एप्स निर्माण जत्तिकै महत्वपूर्ण हुन्छ भन्ने सिकायो। हामीले यसै क्याम्पमा यसलाई प्रिलन्च गर्ने योजना पनि बनाएका छौं।
प्रकाशित मिति:
सोमबार, मंसिर २२, २०७१ १०:०५:३१
प्रतिकृया दिनुहोस