विद्यार्थीहरुबीच डिजिटल नोट प्राप्त गर्न एपले मद्दत गर्नेछ
काठमाडौं, मंसिर print
आफ्नो एपको वर्णन गर्नुहोस्
क्लाउडमा आधारित डेस्कटप वा एण्डरोइड एपजसले विद्यार्थीहरुलाई पाठ्य सामग्री साटासाट गर्न सघाउँछ।
तपाईंले यो अवधारणा कुन समस्यामाआधारित हो ?
जब पढाइ सकिएपछि विद्यार्थीहरु परीक्षाको तयारीमा हुन्छन् शीक्षक स्कुल कलेज बिदाहुने भएकाले विद्यार्थी र शिक्षकबीच भेटघाट वा सञ्चार कम हुन्छ जसकारण विद्यार्थीहरुले पाठ्यसामग्री तथा नोटहरुको अभाव महसुस गर्न सक्छन्। यस्तो अवस्थामा विद्यार्थीहरुबीच डिजिटल नोट तथा महत्वपूर्ण सूचनाप्राप्तगर्न यस एपले मद्दत गर्नेछ।
पुरस्कार प्राप्त गर्नुभयो भने उक्त रकम कसरी खर्च गर्नुहुन्छ ?
हामीले डेस्कटप चलाउनेहरुका लागि
एडुक्लाउडनेपालडटकम नामक एउटा वेवसाइट पनि सञ्चालन गरेका छौं । हामीले अहिले हाम्रा डेस्कटप वा एण्डरोइड प्रयोगकर्तालाई कुनै महसुललिने गरेका छैनौं त्यसैले यहाँबाट हामीलाई नाफाआर्जन पनिहुँदैन । त्यसैले हामी पुरस्कार रकमहाम्रो वेवसाइट र एपलाई सुधारेर अझ प्रभावकारी र राम्रो बनाउनप्रयोग गर्नेछौं ।
प्रमुखवक्ता, प्यानलिष्ट वा मेन्टरहरुबारे केही टिप्पणी गर्नुहुन्छ?
अहिलेसम्मयसबारे हामीलाई केहीभन्नु छैन । हामीलाई अहिलेसम्मकुनै मेन्टर पनिउपलब्ध गराइएको छैन । हामीले इन्टरनेट, इबुक र साथीहरुबाट धेरै कुरा सिकिरहेका छौं ।
एउटा सपलएपको रहस्य के होला?
प्रयोगकर्तालाई सहजहुने खालको विशेषताहुनु । एपले गर्ने भनिएको कार्य प्रभावकारी रुपमाहुनु । त्यस्तै राम्रो डिजाइन, रंग तथाइफेक्टहरु पनियसमा आउँछन् ।
पुरस्कार रकम, सिक्ने अवसर वालोकप्रीयतामध्ये कुन कुराले सहभागिताकालागि बढी हौसलादियो ? एउटा छान्नुहोस् ।
समूहका साथीहरुको धारणा फरक हुन सक्छ । अवश्यपनिहामी सबै माथिका तीनवटै कुरा प्राप्तगर्नकालागिकामगरिरहेका छौं । तर, प्राथमिकताकाआधारमा सूचिकृत गर्नुपर्दा व्यक्तिगत रुपमाहाम्रो फरक धारणा हुन सक्छ । म आफूलाई चाहीं सिक्ने अवसर नै पहिलो प्राथमिकताहो । यसले करिअरलाई अघि बढाउन सघाउँछ ।
प्रकाशित मिति:
बिहिबार, मंसिर ४, २०७१ १९:५६:५५
प्रतिकृया दिनुहोस