आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण एप बनाउँछौ
आन्तरिक तथा बाह्य पर्यटकलाई ध्यानमा राखेर पर्यटकहरुलाई विभिन्न गन्तब्यहरुमा पुर्याउनका लागि एनसेलले सञ्चालन गरेको एनसेल एप्स अन्तर्गत पर्यटन विधामा एप्प बनाउँने विक्रम कार्की, आयुस श्रेष्ठ, विधान स्थापित, कुमार श्रेष्ठ र गणेश श्रेष्ठसँग गरिएको कुराकानी।
आफ्नो एपको वर्णन गर्नुहोस?
यो एप आन्तरिक तथा बाह्य पर्यटकको सहायताको लागि निर्माण गरिएको हो। यस एपमा पर्यटकहरुलाई विभिन्न गन्तब्यहरु सिफारीस गरिन्छ। सिफारीस पर्यटकको राष्ट्रियता, उमेर, लिङ्गलगायत विभिन्न मापदण्डहरु अनुसार गरिन्छ। साथै ती स्थानहरुको विभिन्न सूचना पनि एपमा समावेश गरिएको छ।
यस प्रतिस्पर्धामा सहभागी हुनुको मुख्य कारण के हो?
एप निर्माण सम्बन्धी ज्ञान हासिल गर्नु नै यस प्रतिस्पर्धामा सहभागि हुनुको मुख्य कारण हो। साथै एपको सहज एक्सपोजर पनि सहभागिताको कारण हो।
आफ्नो एप निर्माणको लागि कुन समस्यालाई रोज्नुभएको छ र किन?
विभिन्न वेबसाइट तथा एपहरुमा धरै पर्यटक गन्तव्यहरु कम्रबद्ध रुपमा प्रस्तुत गरिन्छ। यसको कारणबस पर्यटकहरुलाई कुन स्थान घुम्ने निर्णय गर्न असहज हुने गरेको छ। साथै सूचनाहरु वेवसाइट तथा एप निर्माताहरुले उपल्ब्ध गराए अनुसार मात्रै हुन्छ। प्रयोग कर्ताहरुले दिएको प्रतिक्रिया अनुसार सूचना अपडेट गरेको भेटिदैन। यिनै समस्याहरुलाई सुल्झाउनका निम्ति यो एप निर्माण गरिदैछ।
अत्यन्त रुचित गराएको एउटा मोबाइल एपको नाम ?
व्हाटस्याप्प
देश निर्माणमा युवाहरुको सहभागिता जनाउन अरु कस्तो मन्च वा प्रतिस्पर्धा ल्याउनु पर्छ जस्तो लाग्छ ?
एनसेल एप क्याम्प जस्तै अन्य सोचलाई वास्तविकतामा परिवर्तन गर्ने मञ्चले युवाहरु्मा उत्साह तथा प्रेरणा जगाउँछ। उक्त उत्साहले राष्ट्र विकासमा योगदान पुर्याउँछ।
आफ्नो एपलाई राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने योजना छ? छ भने कसरी ?
अहिलेको परिस्थितिमा ट्रिप एडभाइजर जस्तो एपहरुसँग अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गनुपर्नेछ। साथै स्थानीय श्रोत तथा सुझावहरुको समावेश भएका कारण पर्यटकहरुले आफनो अनुभवको आधारमा यस एपलाई सिफारीस गर्नेछन। यसले गर्दा यस एपलाई अन्तर्राष्ट्रिय बजारमा फैलाउन र चिनाउन मद्दत गर्नेछ।
प्रतिस्पर्धा जितेर हासिल गरेको पुरस्कारलाई आफ्नो एप निर्माणको लागि कसरी प्रयोग गर्नुहुन्छ?
यस एप प्रतियोगिता जितेर हासिल गरेको रकमले आधिकारीक रुपमा कम्पनी स्थापना गरी यस एपलाई अघि बढाइनेछ। उच्चस्तरको सूचना राख्न राम्रो सर्भर र प्रचार प्रसारको लागि उक्त रकम प्रगोग गरीनेछ।
प्रकाशित मिति:
सोमबार, मंसिर १, २०७१ १७:५८:३६
प्रतिकृया दिनुहोस