यो एउटा प्लेटफर्म हो
विनय कुमार रेग्मी काठमाडौं, print
औधोगिक क्षेत्रको विकास जुन रुपमा हुनुपर्ने हो अझै पनि हुनसकेको छैन। बढ्दो सूचना, प्रविधि तथा सञ्चारको युगमा नेपाली औधोगिक क्षेत्रले यसको सही उपयोग गर्ने सकेको छैन। यसका लागि सरकारी नीति एकातर्फ सहयोगी नभएको त छदैंछ भने अर्कोतर्फ प्रविधिको माध्यम पनि नेपाली माटो सुहाउँदो नहुनु अर्को विडम्बना हो।
मोबाइल सेवाले अभुतपूर्व फड्को मारेको अवस्थामा नेपाली कर्पोरेट क्षेत्रले आफ्नो व्यवसाय विस्तारका लागि मोबाइल प्रविधिको अधिक्तम उपयोग गरेर व्यवसायिक फड्को मार्ने सम्भावना छ।
देशकै सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक एनसेलले हाल देशकै सबैभन्दा ठूलो मोबाइल एप्स क्याम्प ‘एनसेल मोबाइल क्याम्प’ गरिरहेको छ। जसमध्ये कर्पोरेट क्षेत्रमा पनि एप्स प्रतियोगिता भइरहेको छ। एनसेल मोबाइल एप्स क्याम्पको कर्पोरेट सेमिनारका लागि प्यानलिस्ट रहेका तथा पछिल्लो २७ वर्षदेखी बैकिक क्षेत्रमा क्रियाशिल र विगत एक वर्षदेखि नेबिल बैकंको एसिटन्ट जेनेरल म्यानेजर रहेका विनय कुमार रेग्मीले नेपाली कर्पोरेट क्षेत्रमा नेपाली एप्सको बर्तमान अवस्था, चुनौती र भविष्यका बारेमा कुरा गरेका छन्।
नेपालको कर्पोरेट क्षेत्रमा मोबाइल एप्स प्रयोगको वर्तमान अवस्था कस्तो छ?
बैकहरूले विस्तारै सुरू हर्न थालेका छन र यो सिलसिला अन्य कर्पोरेट क्षेत्रमा पनि सुरू भएको छ। यस किसिमले भन्नु पर्दा यो सुरूवाती अवस्थामा छ।
नेपाली कर्पोरेट क्षेत्रलाई कस्ता मोबाइल एप्सहरूको आवश्यकता छ?
अहिलेका धेरैजसो नेपाली एप्सहरु ‘एक्स्पेरिमेन्टल’ किसिमका छन। अहिले भन्नुपर्दा नेपाली कर्परेट क्षेत्रलाई विशेषगरि ‘आफ्टर सेल्स’मा सहयोग गर्ने किसिमका एपसहरूको खाँचो छ जसले गर्दा नेपाली खरिदकर्ताले आफूले किनेको तथा उपभोग गर्दै आएका सेवा र समानको सही प्रयोग र पहिचान गर्न सकुन्।
नेपालीहरूमा नेपाली एप्सहरूको प्रयोग गर्ने बानीको बिकास भइरहेको देख्न भएको छ?
अब यो नेपालीहरूका लागि पनि एक किसिमले भन्नुपर्दा नयाँ कुरा हो। विस्तारै एप्सहरुको प्रयोग गर्ने बानी बसाउन तालेका छन। तर, त्यो हिस्सा वर्तमान अवस्थामा नगन्य नै छ। यसको लागि अझै केही समय लाग्छ।
नेपाली कर्पोरेट हाउसहरू नेपाली एप्समा लगानी गर्न कत्तिको इच्छुक छन्?
नेपाली एप्समा लगानी गर्न इच्छुक छन तर, यसमा मुख्य कुरा कस्तो एप्स बनाउन खजिदैछ भन्ने कुरा हो। राम्रो व्यापारिक सम्भावना बोकेको सोचलाई लगानीको खासै सम्स्या छैन।
एनसेलले नेपाली डेभेलेपरहरूका लागि यो अवसर दिनुलाई के भन्नु हुन्छ?
यो एउटा प्लेटफर्म हो जसले डेभेलपरहरूलाई एक ठाँऊमा ल्याइदिएको छ।यसले उनीहरूबीच नयाँ सोचहरूको विकास गर्न मद्त गर्छ। नयाँ कुराहरू सिक्ने मौका पाँउदछन। विशेषगरी एप्सको बजारिकरणको बारेमा धेरै कुरा सिक्छन्।
प्रकाशित मिति:
बुधबार, कार्तिक २६, २०७१ २१:१७:५०
प्रतिकृया दिनुहोस