आगामी पिडीलाई कृषि क्षेत्रतर्फ लाग्न प्रेरित गर्ने एप्स
एनसेल एप्स क्याम्प अन्तर्गत अन्तिम १५० मा छानिएका ब्युतराज थापा र निराजन श्रेष्ठसँग एप्स निर्माण र एप्स पछिका अवस्थावारे गरिएको कुराकानी।
आफ्नो एप्सको वर्णन गर्नुहोस्
युवाहरुलाई लक्षित हाम्रो एप्स एउटा सानो खुडि्कलो हो। जसले देशको भविष्य उज्वल बनाउन सहयोग पुर्याउँछ। यसले अन्नबाली कसरी लगाउने र त्यसको हेरविचार कसरी गर्ने भन्ने सिकाउँछ। हामीले एउटा कार्टुनको मारियो पात्रलाई कहिल्यै बिर्सन नसकेजस्तै प्रयोगकर्तालाई कृषिको महत्व महसुस गराउँदै मनोरञ्जनात्मक तवरले अन्तर्क्रिया गराउने यो एउटा सूचना प्रदान खेल हो। यसले आगामी पीडिलाई कृषि क्षेत्रतर्फ लाग्न प्रेरित गर्नेछ।
तपाईलाई १५० वटा समूहमा छनोट हुँदाकस्तो अनुभूति भइरहेको छ?
उत्तरदायी।
तपाईंले यदि पुरस्कार हात पार्नुभयो भने उक्त रकम एप्स निर्माणमा कसरी सदुपयोग गर्ने सोच्नु भएको छ?
पुरस्कार वापत पाएको रकम एप्सको बजारीकरण, राम्रो रुपांकन, फङ्सन र सर्भरमा प्रयोग गरिन्छ।
तपाईंको समूहमा को हुनुहुन्छ?
ब्युतराज थापा र निराजन श्रेष्ठको एसएलसी परीक्षापछि ब्रीजकोर्स पढ्ने क्रममा चितवनमा भेट भएको थियो। त्यसैबेलादेखि उनीहरु घनिष्ट साथी बने। उनीहरुमा उद्यमी बन्ने आत्मविश्वास थियो। ब्युत डिजाइनर र बजार प्रबन्धक हुन भने निराजन कोडर हुन्।
एउटा सफल मोवाइल एप्सको रहस्य के होला?
प्रयोगकर्तालाई मनोरञ्जन प्रदान गर्ने तर, निराश नबनाउने तथा प्रयोजन मुलक हुनुपर्छ।
देश विकासमा युवालाई संलग्न गराउन एनसेल एप्सजस्तै अरु के कस्ताकार्यक्रमहरु आवश्यक हुन्छ?
हरेक साताको अन्त्यतिर प्रायोजित स्टार्टअप कार्यक्रम अन्य जिल्लाहरुमा पनि लैजाने।
प्रकाशित मिति:
सोमबार, कार्तिक २४, २०७१ १८:३३:५६
प्रतिकृया दिनुहोस