एप क्याम्प २०१५ का २४ प्रतिस्पर्धी समूहका लागि मेन्टरिङ सम्पन्न
काठमाडाैँ, मंसिर २९ print
नेपालको मोबाइल सेवा प्रदायक एनसेलले एनसेल एप क्याम्प २०१५ का लागि अन्तिम चरणको प्रतिस्पर्धाका लागि छनोट भएका २४ समूहका लागि मेन्टरिङ सत्रको आयोजना गरेको छ ।
मंगलबार आयोजना गरिएको उक्त सत्रमा प्रतिस्पर्धी समूहहरुलाई खेल तथा मनोरञ्जन, पर्यटन, युटिलिटी र स्वास्थ्य विधाका विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुति गर्ने विषयमा प्रशिक्षण दिएका थिए । विज्ञहरुले प्रतियोगीकाबीच पुगेर उनीहरुको जिज्ञाशा मेटाउनुका साथै प्रतिस्पर्धामा आफुलाई बलियो प्रतियोगीको रुपमा अघि सार्न आइडियाको प्रस्तुति कसरी गर्ने, के के कुरामा ध्यान दिने भन्ने विषयमा जानकारी गराएका थिए ।
एनसेल एप क्याम्प २०१५ को खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी विधाबाट ६÷६ वटा गरी दोस्रो चरणको प्रतिस्पर्धाको लागि २४ वटा समूह छनोटमा परेका थिए । विज्ञहरुले प्रतियोगीलाई बनाएका एपहरु आइडिया सबै नविनतम् पाएको बताउँदै एपको दिगो व्यवसायीकताको लागि प्रयोगकर्ताको दृष्टिकोणबाट हेर्न सुझाव दिएका थिए ।
“एपको डिजाइन एव प्रविधिक पक्षमा मात्र राम्रो भए दिगो व्यवसाय गर्न कठिन हुन्छ । बिजनेश मोडल, कानुनी जटिलता र प्रावधानका विषयमा पनि त्यतिकै ध्यान दिन जरुरी छ ।” नबिल बैंकका ई–बैंकिङ्ग प्रमुख निरज शर्माले भने । यस्तै अर्का विज्ञ शैलेन्द्रराज गिरीले प्रतिस्पर्धामा रहेका सबै एपहरुको संभावना उतिकै रहेको बताउँदै धेरै प्रतियोगीहरु प्राविधिक पृष्ठभूमिबाट आएकाले विजनेश पक्षलाई बढी ध्यान दिनुपर्ने जोड दिए ।
एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सन् २०१४ देखि एनसेल एप क्याम्पको आयोजना गर्दै आएको छ । यो वर्ष एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् ।
प्रतियोगी समूहका प्रतिनिधिहरुले मेन्टरिङ्ग सत्रमा एपलाई दिगो व्यवसायको रुपमा कसरी अगाडि बढाउन सकिन्छ, विज्ञापनको प्रयोग कसरी गर्ने, विज्ञापनका संभावित क्षेत्रहरु पहिचान, प्रयोगकर्तालाई कसरी इङ्गेज गर्ने लगायतका विषयमा विज्ञबाट थप सिक्ने अवसर पाएको बताए । अन्तिम प्रतिस्पर्धाको लागि छनोटमा परेका सबै समूहहरुले पुस ६ गते सोमबार स्वतन्त्र निर्णायक मण्डलका अगाडि आफ्नो एपको आईडियाको प्रस्तुति गर्नेछन् ।
खेल तथा मनोरञ्जन विधा अन्र्तगत एन्सिएन्टस् अफ मण्डला, आर्कयुब गेम्स्, फ्लिप्पड, लिस्न, अननेम्ड (भि आर) र अप छनोटमा परेका छन् । स्वास्थ्य विधाबाट हाम्रो हस्पिटल, मेरो हेल्थ, मम्मा केयर, नारी, स्किन कन्सल्ट, र टेलि मेडिक अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन् । फुड नेपाल, नेपाली कोडर्स आर्टस् एण्ड क्राफ्ट, पिनपिक्स्, थिङ्गस्ले, ट्रेल इट र ट्राभल अक्सनियर पर्यटन विधा अन्र्तगत छनोटमा परेका छन् भने युटिलिटी विधामा घुमघाम, बुलेटिन बोर्ड, ड्रप मि हेयर–माइ क्याब, निडर, एन टाइल्स, र पाङ्गराज् छानिएका छन् ।
फाइनल प्रस्तुतिपछि पुष ७ गते प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट विजेताले थप ५ लाख रुपैयाँको थप नगद पुरस्कार सहित २०१६ मा हुने अन्तर्राष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।
प्रकाशित मिति:
मंगलबार, मंसिर २९, २०७२ १७:०८:४२
प्रतिकृया दिनुहोस