एनसेल एप क्याम्प २०१५ काे 'मनिटाइजेसन र मार्केटिङ्ग' सेमिनार सम्पन्न
काठमाडौं, मंसिर १४ print
नेपालको मोबाइल सेवा प्रदायक एनसेलले आयोजना गरेको एनसेल एप क्याम्प २०१५ का लागि छनौट भएका १५० समुहका लागि ‘मनिटाइजेसन र मार्केटिङ्ग’ सम्वन्धि सेमिनार सम्पन्न भएको छ । यो सेमिनार एपको बजारिकरण, प्रवर्धन तथा कसरी एपलाई व्यवसायीकरण गर्ने भन्ने विषयमा केन्द्रित थियो ।
सोमबार राजधानीमा सम्पन्न सेमिनारमा ई कमर्स, मार्केटिङ्ग, कानुन र टेलिकम्युनिकेसन क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो । उनीहरुले मोबाईल एपको सम्भावना, यससंग सम्बन्धित कानुनी पाटो र कसरी एउटा एपलाई व्यवसायीकतामा बदलेर पैसा कमाउन सकिन्छ भनेर छलफल गरेको थिए ।
उक्त सेमिनारमा प्रमुख बक्ताका रुपमा केमु नेपालका निर्देशक राजिव अमात्यले एपको मार्केटिङ्ग रणनीतिक, मार्केटिङ्ग माध्यमको छनौट, बजेटिङ्ग र स्रोतको पहिचान विषयमा आफनो अनुभव प्रतिस्पर्धी समुहहरुलाई बताएका थिए ।
नेपाल दुरसंचार प्राधिकरणका निर्देशक आनन्द राज खनाल, थमेल डटकमका बालकृष्ण जोशी, पायोनियर ल एसोसिएटका अनुप राज उप्रेती र काठमाडौँ स्कुल अफ म्यानेजमेन्टका रुपेश श्रेष्ठले एपको विजनेस संभावना कसरी बढाउने, रेभेन्यु मोडल र मार्केटिङ्ग र विज्ञापन कसरी गर्ने भन्ने लगायतका विषयमा सेमिनारमा छलफल गरेका थिए ।
‘अहिले डेक्सटप, मोवाइल साइट भन्दा मोवाइल एपमा सहभागिता बढी हुँदै गएको छ । यो एप डेभलपरहरुका लागि एउटा अवसर पनि हो,’ अमात्यले भने । उनका अनुसार एपको प्रभावकारिता बढाउनको लागि मार्केटिङ्ग च्यानल र लक्षित समुहको छनौटमा ध्यान दिनु पर्छ ।
यस्तै खनालले मोबाइलमा भ्यालु एडेड सेवा र यसको नियमनका लागि प्रधिकरणले कानुनी आधार तयार गर्ने क्रममा रहेको बताए । ‘मोबाइल एपको बजार ठूलो छ तर तपाँईको एपको सफलता त्यसमा के भ्यालु छ र कस्तो प्रयोगकर्ताको लागि हो भन्ने कुरामा भर पर्छ,’ उनले भने । खनाल वल्र्ड समिट अवार्डस्का लागि नेपालका प्रतिनिधि पनि हुन् ।
सेमिनारमा कानुनी व्यवस्थाको बारेमा बोल्दै उप्रेतीले प्रतियोगीहरुलाई एप निमार्ण गर्दा गोपनियता, स्वामित्व, अन्तराष्ट्रिय मापदण्ड, कपी राइट, सम्पति सम्वन्धि अधिकार लगायतका विषयमा ध्यान दिन सुझाए ।
एनसेल एप क्याम्प देशकै सबभन्दा ठूलो एप विकास सम्बन्धि भेला हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत एनसेलले गएको वर्षदेखि एप क्याम्प सुरु गरेको हो । एनसेल एप क्याम्प २०१५ मा खेल तथा मनोरंञ्जन, स्वास्थ्य, पर्यटन र युटिलिटी गरी ४ वटा विधाहरु रहेका छन्।
एनसेल एप क्याम्प २०१५ का १५० समुहले मंसिर २३ गते भित्र आफ्नो एपको प्रटोटाइप बुझाउनु पर्नेछ जसका आधारमा सम्वन्धित क्षेत्रको विज्ञहरुले प्रत्येक विधाबाट ६ वटा समूहलाई फाइनलमा सहभागीहुनका लागि छान्नेछन् । यस पटकको एनसेल एप क्याम्पको पार्टनरको रुपमा नबिल बैंक, काठमाडौं कलेज अफ म्यानेजमेन्ट, इ–सेवा र मेटलाइफ रहेका छन् ।
एप क्याम्पअन्र्तगत अन्तिम चरणमा छानिएका प्रतियोगी समुहहरुले विज्ञहरुबाट बिजनेश मोडेल बनाउन, यूजर इन्टरफेस सुधार गर्न र आफ्नो एपको प्रस्तुति गर्न सिक्नेछन् । फाइनलमा स्वतन्त्र निर्णायक मण्डलका अगाडि प्रत्येक समूहले आफ्नो आईडियाको प्रस्तुति तथा एपको प्रर्दशन गर्नुपर्ने छ ।
फाइनल प्रस्तुतिपछि प्रत्येक विधागत विजेताले २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सर्वोत्वकृष्ट विजेताले थप ५ लाख रुपैयाँको थप नगद पुरस्कार सहित २०१६ मा हुने अन्र्तराष्ट्रिय एप सम्मेलनमा भाग लिने अवसर पाउनेछन् ।
प्रकाशित मिति:
सोमबार, मंसिर १४, २०७२ १७:३२:४४
प्रतिकृया दिनुहोस